मंगलबार, २० मंसिर २०७९
DainikNepal.com
मंगलबार, २० मंसिर २०७९

१ हजार रुपैयाँले घट्यो सुन, यस्तो छ आजको मूल्य

दैनिक नेपाल २०७९ असोज ९ गते ११:१६

काठमाडौं, ९ असोज । साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनचाँदीको मूल्य घटेको हो । शुक्रबार प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार तोलामा १ हजार रुपैयाँले घटेर ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

No description available.

तेजावी सुन प्रतितोला ९१ हजार ३ सय सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित