शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

दराजले अब डेलिभरीका लागि विद्युतीय स्कुटर प्रयोग गर्ने

दैनिक नेपाल २०७९ असोज ८ गते २३:०९

काठमाडौं, ८ असोज । अनलाइन बजार दराजले अब डेलिभरीका लागि विद्युतीय स्कुटर प्रयोग गर्ने भएको छ ।

त्यसका लागि कम्पनीले हालै १० वटा ओकिनावा डुअल इलेक्ट्रिक बाइक खरिद गरेको जानकारी दिएको छ । जसलाई काठमाडौं उपत्यकामा डेलिभरी गर्न प्रयोग गरिने छ ।

विशेषगरी धुम्बाराही, चाबहिल, कपन, कुलेश्वर, कालीमाटी, न्युरोड, नागार्जुन, पुलचोक, सानेपा, जावलाखेललगायत केही क्षेत्रका ग्राहकलाई सामान पुर्याउन विद्युतीय बाइकको प्रयोग गरिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो नयाँ पहलमार्फत, दराजले आयातित इन्धनको खपतलाई स्वदेशमै उत्पादन हुने ‘क्लिन एण्ड ग्रिन’ बिजुलीले प्रतिस्थापन गर्ने र वातावरणमा कार्बन फुटप्रिन्ट कम गर्ने अपेक्षा गरेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित