बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

टीएमएस खरिदको भुक्तानी तथा कोलेटरल लोड अब ‘आईएमई–पे’ बाट पनि

दैनिक नेपाल २०७९ असोज ८ गते २३:००

काठमाडौं, ८ असोज । लगानीकर्ताले सेयर खरिद गरेबापत गर्नुपर्ने भुक्तानी तथा कोलेटरल लोड अब ‘आईएमई-पे’ मार्फत गर्न सक्ने भएका छन् ।

हाल यो सुविधा ३५ वटाभन्दा बढी ब्रोकरहरूमा उपलब्ध रहेको र आगामी दिनमा बाँकी ब्रोकरहरूमा पनि थपिने कम्पनीले बताएको छ ।

टीएमएसमा धितो लोड गर्दा र फन्ड सेटलमेन्ट गर्दा आईएमई-पे बाट सजिलै कारोबार गर्न सकिने हुँदा यसले सेयर कारोबार गर्ने सबैलाई थप सहज बनाउने कम्पनीले बताएको छ ।

भुक्तानी सेवा प्रदायक यसरी टिएमएसमा जोडिनुले नेपालको सेयर बजारलाई डिजिटाइज गर्न थप टेवा पुग्ने कम्पनीका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले बताए ।

यो भुक्तानी रियल–टाइममा हुने भएकोले ब्रोकर तथा सेयर लगानीकर्ता दुवैले ढुक्कले कारोबार गर्न सक्ने कम्पनीले बताएको छ ।

यो सुविधा प्रयोग गर्ने शेयर लगानीकर्तालाई हालको लागि कुनै सेवा शुल्क नलाग्ने गरी व्यवस्था मिलाइएको पनि कम्पनीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित