बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

एमाले प्रवेश गर्दै अरगरियाले भने– एमालेको नेतृत्वमा देश र मधेसमा विकासको लहर आएको छ

दैनिक नेपाल २०७९ असोज ८ गते १८:११

जनकपुरधाम, ८ असोज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रमुख सचेत उमाशंकर अरगरिया लोसपा परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

आज शनिबार बिदेह नगरपालिका तिनकौरिया चौकमा नेकपा एमाले धनुषा जिल्ला कमिटीले आयोजना गरेको बृहत् जनसभामार्पत उनलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् ।

पार्टी प्रवेशपछि नेता अरगरियाले आफू एमाले अध्यक्ष ओलीबाट प्रभावित भएर एमालेमा प्रवेश गरेको प्रतिक्रिया दिएका छन् ।

एमालेको नेतृत्वमा देश र मधेसमा विकासको लहर आएको दाबी गर्दै उनले भने, ‘मधेस प्रदेशमा मधेसवादी दलको सरकार भए पनि मधेस प्रदेशका सरकारले यो पाँच वर्षको कार्यकालमा भ्रष्टाचारबाहेक केही गरेन । केन्द्रमा मधेशवादी दलहरू पटक–पटक सत्तामा पुगेर पनि मधेशलाई नजर लगाएनन् । बरु एमाले सत्तामा हुँदा मधेशमा विकासका लहर आएको छ ।’

मधेस प्रदेश सरकारले ‘बेटी बचाउ बेटी पढाउ’ छात्राहरूलाई गरेको साइकल वितरणको नाममा भ्रष्टाचार गरेको आरोप उनको छ । केपी ओली नेतृत्व सरकारको पालामा हुलाकी सडक बनाएको, धनुषा निर्वाचन क्षेत्र दुईका १७ वटा गाउँमा बिजुली पुर्याएको उनको भनाइ छ ।

त्यस्तै ओलीले राष्ट्रियताप्रति देखाएको अडानका कारण आफू प्रभावित भएर एमालेमा प्रवेश गरेको उनको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित