३ कार्तिक २०८३, मंगलबार

कांग्रेस नेता केसीको आरोप : देउवाले कांग्रेसलाई भन्दा गठबन्धनलाई प्राथमिकता दिए

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असोज । नेपाली कांग्रेसका नेता जगदिश्वर नरसिंह केसीले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक एकतालाई भन्दा पाँच दलीय गठबन्धनलाई प्राथमिकतामा राखेको आरोप लगाएका छन् ।

थापागाँउमा आज शनिबार आयोजित कांग्रेस संस्थापन इतर समूहको भेलालाई सम्बोधन गर्दै उनले आन्तरिक एकता बलियो भएको अवस्थामा कांग्रेसलाई अरु दलसँग गठबन्धन गरेर जानुपर्ने अवस्था नआउने दाबी समेत गरेका छन् ।

समानुपातिकको सूची एकपक्षीय रहेको भन्दै उनले उक्त सूची नसच्याइए विकल्प सोच्नुपर्ने अवस्था सृजना हुने चेतावनी पनि दिएका छन् ।

‘१६ असोजसम्म नसच्याउने हो भने त्यसको विकल्पमा हामी अगाडि बढ्नुपर्ने परिस्थिति निर्माण हुनसक्छ,’ उनले कार्यक्रममा भने । समानुपातिकको बन्दसूची पेस गर्दा पार्टीको अर्को समूहलाई अन्याय गरिएको भनाइ उनको छ ।