३ कार्तिक २०८३, मंगलबार

अनेरास्ववियु दोलखा–काठमाडौं सम्पर्क कमिटीको २२औँ सम्मेलन काठमाडौंमा सम्पन्न

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असोज । नेकपा एमालेसम्बद्ध विद्यार्थीहरूको सङ्गठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) दोलखा–काठमाडौं सम्पर्क कमिटीको २२औं सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ ।

आज शनिबार सम्पन्न अधिवेशनले सुमन शिबाकोटीको अध्यक्षतामा पाँच जना मनोनितसहित २९ सदस्यीय नयाँ कार्यसमिति समेत निर्विरोध निर्वाचित गरेको छ ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा नवीन राउत र सचिवमा सुदर्शन दाहाल निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी सम्मेलनले सह–सचिवमा केन्द्र घतानी, प्रकृति पाख्रिन र बिकास पीडी तथा कोषाध्यक्षमा प्रकाश बस्नेतलाई निर्वाचित गरेको छ ।

कार्यसमितिको सदस्यहरूमा आविष्कार दाहाल, प्रदीप फुयाँल, पुस्तक बस्नेत, विशेष उप्रेती, दिपीका थपलिया, सुमिना केसी, मनिष सुवेदी, प्रकाश बस्नेत, अनुप भुजेल, विशाल बस्नेत, दीपिका शिबाकोटी र जयन्ती राउतलगायत निर्विरोध निर्वाचित भएका छन् ।

त्यसअघि सम्मेलनको उद्घाटन शत्रमा शैक्षिक वर्ष २०७८ मा माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका दोलखाली विद्यार्थीहरूलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि एवम् अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष उमेश आचार्यले विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्नाका साथै उज्ज्वल भविष्यको कामना गरेका थिए ।

त्यसैगरी अनेरास्ववियु दोलखा–काठमाडौं सम्पर्क कमिटीलाई नेतृत्व प्रदान गर्दै उल्लेख्य योगदान पुर्याएको भन्दै कार्यक्रममा सो कमिटीका निवर्तमान अध्यक्ष प्रल्हाद लामिछानेलाई पनि प्रमाणपत्रसहित सम्मान गरिएको छ ।