शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

बेचबिखनका लागि भारत लगिदै गरेका चार जना युवतीको उद्दार

रवीन्द्र यादव २०७९ असोज ८ गते १६:०३

नवलपरासी पश्चिम, ८ असोज । बेचबिखनका लागि भारततर्फ लगिदै गरेको अवस्थामा चार जना युवतीको उद्दार गरिएको छ ।

सशस्त्र प्रहरी बल नवलपरासी पश्चिमले चार जना युवतीको उद्दार गर्नाका साथै बेचबिखनमा संलग्न रहेको आशंकामा चार जना पुरुषलाई पक्राउ समेत गरेको छ । सशस्त्र प्रहरी बल नेपाल (बीओपी) भुजहवा र भारतीय सुरक्षा सीमा बल (एसएसबी) को समन्वयमा ती महिलाहरूको उद्दार गरेको हो ।

चारै जना महिलाहरुसँग आवश्यक सोधपुछ गर्दा बेचबिखनको आशंकामा उक्त नेपाली युवतीहरुलाई उद्धार गरिनाका साथै चार जना पुरुषलाई पक्राउ समेत गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल २६ नं गणका सूचना अधिकारी केशवराज थापाका अनुसार उद्दार गरिएकी युवतीलाई सशस्त्र प्रहरीले माइती नेपालको संरक्षणमा राखेको छ । चारै जना नेपाली युवतीलाई दिल्ली हुँदै कुवेत पठाउन लागिएको अनुमान प्रहरीले गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित