३ कार्तिक २०८३, मंगलबार

कांग्रेसमा संस्थापनमाथि तीव्र दबाब : शेखर–गगन समूहद्वारा बानेश्वरमा खबरदारी सभा अयोजना

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असोज । आम निर्वाचन नजिकिदै जाँदा नेपाली कांग्रेसभित्र संस्थापनइतर समूहले नेतृत्वमाथि तीव्र दबाब सृजना गर्न थालेको छ ।

दबाब सृजना गर्ने क्रममा आज नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले नयाँ बानेश्वरमा खबरदारी सभा आयोजना गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाभनमा टिकट वितरणमा संस्थापना समूहलाई दबाब दिन नेता शेखर र महामन्त्री गगन समूहले खबरदारी सभा आयोजना गरेको हो ।

सभापति देउवाले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको सूची न्यायोचित नभएको भन्दै उनीहरूले असन्तुष्टि जनाउँदै आएका छन् । सोही असन्तुष्टि व्यक्त गर्न कोइराला–थापा समूहले भेला आयोजना गरेको बताइएको छ ।

गठबन्धमा कांग्रेसले कम्तीमा १०० सीट राख्नुपर्ने माग यो समूहले गर्दै आएको छ । साथै पछिल्लो समय समानुपातिकको बन्दसूचीमा असमान व्यवहार भएको भन्दै थप आक्रोशित भएको कोइराला–थापा समूहले पटकपटक भेला र बैठक गरेर सभापति शेरबहादुर देउवामाथि दबाब सृजना गर्दै आएका छन् ।