३ कार्तिक २०८३, मंगलबार

झापा-२ मा नेपाल विवेकशील पार्टीको तर्फबाट सन्तोष घिमिरेको उम्मेदवारी घोषणा

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बिर्तामोड, ७ असोज । नेपाल विवेकशील पार्टीका संघीय नीति, अनुसन्धान तथा विश्लेषण सचिव सन्तोष घिमिरेले झापाको क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यको लागि बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरी पार्टीका तर्फबाट उम्मेदवारी घोषणा गरेका छन् ।

कान्तिपुर सिटी कलेजबाट सन् २००५ मा सूचना तथा प्रविधि विधामा स्नातक तहको अध्ययन पुरा गरेका उनी सूचना प्रविधिक‍ो क्षेत्रमा काम गर्ने नवीन उद्यम ‘आईटेक सोलूसन प्रालि’ नामक संस्थाको संस्थापक हुन् ।

रूपान्तरणको युगीन यात्रालाई सही नीति, नेतृत्व र गति दिलाउँदै देशलाई सम्वृद्ध बनाउने अभियानलाई चट्टाने अठोटका साथ गन्तव्यमा पुर्‍याई छाड्ने उनको सङ्कल्प छ ।