३ कार्तिक २०८३, मंगलबार

रेल चढेर तीनकौरिया पुगे एमाले अध्यक्ष ओली

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, ८ असोज । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली रेल चढेर तीनकौरिया पुगेका छन् ।

विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई आफ्नो पार्टी एमालेमा प्रवेश गराउन आज जनकपुर आएका ओलीले जनकपुर–जयनगर रेल चढेर धनुषाको विदेह नगरपालिकास्थित तीनकौरिया पुगेका हुन् ।

टिकट किनेरै उनी महिनाथपुर स्टेशनसम्म रेल चढेर तीनकौरिया पुगेका हुन् ।

खासगरी लोकतान्त्रिक समाजवादी पार्टीका नेता उमाशंकर अरगरियालगायन नेता–कार्यकतालाई एमाले प्रवेश गराउन ओली आज यहाँ आएका हुन् ।

एमाले प्रवेश गर्न लागेका अरगरिया केही समयअघि एमालेमुक्त मधेश अभियानका हर्ताकर्ता भनेर समेत चिनिन्छ । उनै अरगरियाले अन्तिममा एमाले नै रोजेका छन् ।