शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

अष्ट्रेलियाविरुद्ध भारत विजयी

दैनिक नेपाल २०७९ असोज ८ गते ८:०७

काठमाडौं, ८ असोज । घरेलु टोली भारतले अष्ट्रेलियाविरुद्धको दोस्रो टी-ट्वान्टी खेल जितेको छ । नागपुरमा शुक्रबार राति भएको खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेको हो । योसँगै तीन टि२० आई खेलको सिरिज १-१ को बराबरी अवस्थामा पुगेको छ ।

जितका लागि ९१ रनको विजयी लक्ष्य पछ्याएको भारतले ७.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । कप्तान रोहित शर्माले २० बलमा अविजित ४६ रन बनाए । विराट कोहलीले ११ तथा केएल राहुलले १० रन बनाए । दिनेश कार्तिकले अविजित १० रन बनाए ।

अष्ट्रेलियाका लागि एडम जाम्पाले ३ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ८ ओभरमा ५ विकेट गुमाउँदै ९० रन बनाएको थियो । अष्ट्रेलियाका लागि म्याथ्यु वेडले २० बलमा अविजित ४३ रन बनाए । कप्तान आरोन फिन्चले १५ बलमा ३१ रन बनाए ।

भारतका लागि अक्षर पटेलले २ तथा जसप्रित बुमराहले १ विकेट लिए । तेस्रो तथा अन्तिम खेल आइतबार राजिव गान्धी स्टेडियम हैदराबादमा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित