बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

अपाङ्गता र अशक्तता भएका व्यक्तिलाई घरमै खोप सेवा (फोटोफिचर)

बीबी श्रेष्ठ २०७९ असोज ७ गते २३:५३

किलचोक (तनहुँ), ७ असोज । म्याग्दे गाँउपालिकाद्वारा आयोजित घुम्ती शिविरको चौथो दिन म्याग्दे–३ को किलचोकमा शारिरिक रूपमा अशक्त र अपाङ्गता भएको व्यक्तिहरूलाई घर घरमै गएर कोभिड विरुद्धको खोप र अन्य स्वास्थ्य सेवा दिइएको छ ।

पूर्ण अशक्त रही ‘क’ श्रेणीको अपाङ्गता रहेका वर्ष ३२ का पूर्ण बहादुर सारु, वर्ष २८ को कृष्ण बहादुर थापा, सोही ठाँउ बस्ने, वर्ष ३३ को बिहिसरा थापा र हुन्चिङ्ग निवासी वर्ष २९ को नारायण बहादुर हुन्चिङ्गको घर घरमै गएर कोभिड विरुद्धको खोप र स्वास्थ्य सेवा दिइएको हो ।

अपाङ्गताहरू वडा र पालिकामा आउन नसक्ने र घुम्ती शिविरमा आएर पनि स्वास्थ्य सेवा लिन नसक्ने भएको हुदाँ निजहरूको घर घरमा नै गएर खोप र अन्य स्वास्थ्य सेवा दिइएको पालिकाका कार्यकारी अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिए ।

स्पाइनल इञ्जुरीको कारण पूर्ण रूपमा शारिरीक अपाङ्गता भई ओछ्यानमा रहेका २९ वर्षीय नारायण बहादुर हुच्चिङ्ग कोभिड खोप र स्वास्थ्य सेवा पाँउदा ह्दयदेखि नै खुशी भएको बताए । समान्य व्यक्तिभन्दा पनि अपाङ्गता भएको व्यक्तिलाई सरकारले विशेष ध्यान दिनुपर्ने उनले बताए ।

चौथो दिनसम्ममा सात ठाँउको शिविर सम्पन्न हुँदा कोभिड–१९ विरुद्ध वयस्क फाइजर खोप २६७ जनाले लिएका छन् । जसमध्ये १७ जनाले पहिलो मात्रा, १८ जनाले दोस्रो मात्रा तथा २३२ जनाले तेस्रो/बुष्टर मात्रा खोप सेवा लिएका स्वास्थ्य शाखा प्रमुख दिनेश पण्डितले वताए ।

वडा नं. १ को मान्हौँ, गुणादी र बाख्रे, वडा नं. २ को गुञ्जारा, जामुने, ऋषिथुम र पिपलडिही समेत गरी सात स्थानमा घुम्ती शिविर सम्पन्न भइसकेको पालिकाले जानकारी दिएको छ । शिविर असोज २ देखि २०७९ असोज ३१ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित