३ कार्तिक २०८३, मंगलबार

समाजलाई अनुशासित र उत्तरदायी बनाउन प्रेस जगतको महत्वपूर्ण योगदान छ : प्रवक्ता कार्की

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असोज । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समाजलाई अनुशासित र संविधानप्रति उत्तरदायी बनाउन प्रेस जगतको महत्वपूर्ण योगदान रहेको बताएका छन् ।

आज शुक्रबार काठमाडौंमा नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले आयोजना गरेको हेम–सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार बितरण गर्दै मन्त्री कार्कीले समाज रुपान्तरणमा प्रेस जगतको महत्वपूर्ण भूमिका रहेको र समाजलाई अनुशासित र संविधानप्रति उत्तरदायी बनाउन प्रेस जगतको महत्वर्ण योगदान रहेको बताएका हुन् ।

हरेक नागरिकले संविधानमा उल्लेख पूर्ण अधिकार प्रयोग गर्नका लागि सरकार सचेत रहेको उनको भनाइ छ । उहाले मुलुकमा लोकतन्त्र स्थापनाका लागि सञ्चारजगतले खेलेको भुमिकाको स्मरण गरे ।