शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

एभरेष्ट बैंकले सुरू गर्‍यो ई–पैँचो फोन लोन सुविधा

दैनिक नेपाल २०७९ असोज ७ गते १७:४८

काठमाडौं, ७ असोज । एभरेष्ट बैंकले ई–पैचोफोन लोन सुविधा सुरू गरेको छ ।

उक्त सुविधा सुरू भएसँगै ग्राहकहरूले मोबाइल एप ‘इबिएल टच २४’ मार्फत बिनाधीतो दुई लाखसम्म कर्जा प्राप्त गर्न सक्नेछन् ।

ई–पैचो फोन लोन विभिन्न समयको किस्ताबन्दीमा भुक्तानी गर्न सकिन्छ । यस योजनामा एक महिनाभित्र वा तीन, छ र नौ अथवा १२ महिनाको लागि किस्ताबन्दीमा चुक्ता गर्न सकिने सुविधा भएको बैंकले बताएको छ ।

यसमा ग्राहकहरूको योग्यता मापनमा विभिन्न प्यारामिटरहरुको प्रयोग गरिएको छ । बैंकबाट गरिएका कारोबार, बैंकमा तलब खाता खोलेको छ या छैन, बक्यौता ऋण लिएको छ या छैन लगायतका प्यारामिटरको प्रयोग गरिएको छ ।

बैंकका अनुसार यसमा आफूले लिएको कर्जा चाँडै तिर्न चाहने ग्राहकको लागि ऋणको बक्यौता सहित पूर्व भुक्तानीको विकल्प पनि उपलब्ध छ । ई–पैचो फोन लोनकालागि योग्य ग्राहकहरूले कुनै पनि फोनपे मर्चेन्टमा क्युआर भुक्तानी गर्दा ‘बाइ नाओ पे लेटर’ सुविधा प्रयोग गर्न सक्ने बताइएको छ ।

यी सेवाहरू लिनका लागि ग्राहकले प्रमाणित इमेल ठेगानाको साथै ई–पैचो फोन लोनमा दर्ता गर्नु पर्नेछ । ई–पैचो फोन लोनका लागि विभिन्न मापदण्डको आधारमा योग्यता निर्धारण गरी स्वचालित रूपमा कर्जा पाइन्छ । जस्तै तलब खाता, नियमित कारोबार, बैंकसँग कुनै वक्यौता वा ऋण नभएको जस्ता मापदण्ड रहेका छन् ।

योग्य मानिएका ग्राहकहरूको मोबाइल एपमा ई–पैचो लोन फोन आइकन आउने छ र त्यहाँ दिइएको रजिष्ट्रर बटनमा क्लिक गरी रजिष्ट्रर गरेपछि इमेल प्रमाणिकरण गर्नुपर्ने हुन्छ । इमेल प्रमाणिकरण भएसँगै ग्राहकले रियल टाइममै बीनाधीतो कर्जा लिन सक्नेछन् ।

बैंकका रिटेल एण्ड एसएमइ क्रेडिट प्रमुख विष्णु ज्ञवालीले भने ‘नेपालमा कर्जा पाउनु निकै कठिन छ । कर्जाको सरल पहुँच बढाउन हामीले योग्य ग्राहकहरूलाई ई–पैचो फोन लोनमार्फत कर्जा उपलब्ध गराउन लागेका छौँ । ग्राहकहरूले मात्रै खाता सन्तुलनमा राखी कारोबार गर्नुपर्ने छ बाँकी सबै काम हामीले गर्ने छौँ ।’

देशभर ३९ हजार १६७ डेलिभरी च्यानल, १० हजार ९८ आन्तरिक शाखा भएको बैंकसँग १५ हजार ७१९ व्यापारिक घराना आवद्ध रहेका छन् । साथै बैंकका २ अन्तर्राष्ट्रिय शाखा र देशभर १३ हजार ३५० एटिएम बुथ रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित