३ कार्तिक २०८३, मंगलबार

चुनावी तालमेलका लागि लोसपाद्वारा समिति गठन, एमालेसँग होला त तालमेल ?

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असोज । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि अन्य उपयुक्त दलहरूसँग चुनावी तालमेल गर्न समिति गठन गरेको छ ।

पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको लोसपाले जानकारी दिएको छ । समितिमा शरतसिंह भण्डारी, अनिल कुमार झा, सर्वेन्द्र नाथ शुक्ला, लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनल सदस्य छन् ।

समितिलाई पार्टीको अधिकतम हित हुने गरी नेकपा एमालेलगायत विचार मिल्ने अन्य कुनै पनि दलसँग चुनावी तालमेल गर्ने अख्तियारी प्रदान गरिएको बताइएको छ ।