शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

डा. गोविन्द केसीको जीवन रक्षाका लागि अपिल

दैनिक नेपाल २०७९ असोज ७ गते १६:०४

फाइल तस्वीर

काठमाडौं, ७ असोज । व्यक्तिको जीवनको रक्षा गर्ने संवैधानिक दायित्व सरकारको भएकाले १२ दिनदेखि अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि सार्थक पहलकदमी लिन नेपाल सरकारसमक्ष इन्सेकले माग गरेको छ ।

डा. गोविन्द केसी २०औँ अनशन बसेको आज १२ दिन भएको छ । यसअघिका सम्झौता कार्यान्वयनको मागसहित धनगढीस्थित कृष्ण मन्दिरमा भदौ २७ गतेदेखि अनशनरत डा. केसीको स्वास्थ्यमा समस्या आएको भन्दै सेती अस्पतालमा उपचारार्थ भर्ना भएका थिए ।

सो अस्पतालमा उनको उपचार पर्याप्त नहुने भन्दै सरकारले जबरजस्ती काठमाडौं ल्याएर हाल काठमाडौँस्थित त्रिविवि शिक्षण अस्पतालमा उपचार गराइरहेको छ ।

‘चिकित्सा सुधारसहितका सात बुँदे माग राखेर धनगढीबाट अनशन थालेका डा. केसीसँग सार्थक वार्ता गरी जीवन रक्षाका लागि हामी जोडदार माग गर्दछौँ,’ इन्सेकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुहोस् विज्ञप्ति–

प्रतिक्रिया
सम्बन्धित