३ कार्तिक २०८३, मंगलबार

सुसाइड नोट लेखेर बेपत्ता भइन् गायिका जेरुसा राई

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असोज । गायिका जेरुसा राई बेपत्ता भएकी छिन् ।

३० वर्षीया राई आफ्नी आमाको साथमा ललितपुरको सानेपामा बस्दै आएकी थिइन् । उनको कोठामा ‘सुसाइड नोट’ फेला परेको प्रहरी स्रोतको भनाइ छ ।

बिहीबार साँझदेखि उनी सम्पर्कविहीन भएपछि परिवारले खोजतलासका लागि जिल्ला प्रहरी परिसर, ललितपुरमा निवेदन दिएको थियो ।

त्यसपछि खोजतलासमिा लागेको प्रहरीले अहिलेसम्म उनको अवस्था पत्ता लगाउन सकेको छैन ।