३ कार्तिक २०८३, मंगलबार

सुत्केरीसँग अध्यक्ष कार्यक्रम अन्तर्गत २१ जनालाई पोषण भत्ता वितरण

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

थर्पु (तनहुँ), ७ असोज । सुत्केरीसँग अध्यक्ष कार्यक्रम अन्तर्गत २१ जनालाई पोषण भत्ता वितरण गरिएको छ ।

थर्पु स्वास्थ्य चौकीको समन्वय र पालिकाको आयोजनामा गाँउपालिका भित्रका स्वाथ्य चौकीमा सुत्केरी भएको महिलालाई अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पोषण भत्ता बाँडेका हुन् ।

गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले सभ्य समाज निर्माण हुनका लागि स्वास्थ्य हुन आवश्यक भएको वताए । ‘स्वस्थ बच्चा जन्मनका लागि आमा स्वास्थ्य र बलियो हुन आवश्यक हुन्छ । गर्भवती चरणदेखि नै महिला कमजोर हुन्छ । यो बेलामा महिलालाई पोषिलो खानाको आवश्यक हुन्छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘महिलालाई स्वास्थ्य रहन बच्चा जन्मनुभन्दा पहिलादेखि नै नियमित रूपले पालिकाले सकेको स्वास्थ्य उपचार दिएको र वच्चा जन्मिसकेपछि धेरै पोषिलो खाना खुवाउनुपर्ने हुदाँ गाउँपालिकाले सकेको आर्थिक सहयोग गरेको छौँ ।’ सहयोग थोरै भए पनि आर्थिक विपन्नता भएकाका लागि सहयोग पुग्ने विश्वास अध्यक्ष श्रेष्ठको छ ।

गाँउपालिकाले प्रत्येक सुत्केरीलाई पाँच हजार रूपैयाँ र नेपाल सरकारले गर्भवती उत्प्रेरणा अन्तर्गत ८०० रूपैयाँ यातायात खर्च दिएको उनले बताए । ‘जनतासँगको सहकार्य हाम्रो पहिलो आधार हो, त्यही अनुरूप हामीले सुत्केरीसँग अध्यक्ष कार्यक्रम ल्याएका हौँ,’ श्रेष्ठले भने, ‘सुत्केरी पोषण भत्ता र यातायात खर्चले निम्न वर्गका लागि केही भए पनि राहत हुने हामीलाइृ विश्वास छ ।’

यसैगरि गाँउपालिकाले गर्भवती महिलाका लागि घरबाट चौकीसम्मको एम्बुलेन्सको व्यवस्था र चौकीमा सुत्केरी हुन नसकेमा पोखरासम्मको एम्बुलेन्स सेवा पनि निःशुल्क दिँदै आएको अध्यक्ष श्रेष्ठले वताए ।

थर्पु स्वास्थ्य चौकीका सिनियर अहेव सूर्य श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा ०७९ साउनदेखि हालसम्म स्वास्थ्य चौकीमा सुत्केरी भएका २१ जना महिलाहरूलाई पोषण र यातायात खर्च प्रदान गरिएको बताइएको छ ।