शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

बिना मगरको क्षेत्रमा पाँच दलीय गठबन्धनको लज्जास्पद हार ! एमाले विजयी

दैनिक नेपाल २०७९ असोज ७ गते १३:२८

काठमाडौं, ७ असोज । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एमालेविरुद्ध गठबन्धन गरेर चुनाव लड्ने तयारीमा छ सत्तारुढ पाँच दलीय गठबन्धन ।

तर स्थानीय स्तरका चुनावमा गठबन्धनको लज्जास्पद हार भएको घटना सार्वजनिक भएको छ ।

कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा भएको महाकाली सिँचाइ जल उपभोक्ता संघ द्वितीय चरण क्षेत्रीय समितिको चुनावमा एमाले समर्थित उम्मेदवार विजयी भएका छन् ।

बेलडाँडी गाउँपालिका कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्र अर्थात् पूर्वमन्त्री बिना मगरको क्षेत्र हो । सिँचाइको निर्वाचनबाट अध्यक्षमा कुँवर र उपाध्यक्षमा चौधरी विजयी भएका छन् ।

महाकाली सिँचाइ जल उपभोक्ता संघ द्वितीय चरण क्षेत्रीय समितिको अध्यक्ष र उपाध्यक्षका लागि भएको निर्वाचनमा ५ दलीय गठवन्धनलाई हराउँदै अध्यक्षमा गोपाल कुँवर निर्वाचित भएका छन् भने उपाध्यक्षमा हिरालाल चौधरीले जितेका छन् । दुवै एमालेपक्षीय उम्मेदवार हुन् ।

निर्वाचित कुंँवरले ३४ मत प्राप्त गर्दै प्रतिद्वन्द्वी हर्कदेव जोशीलाई १४ मतान्तरले पराजित गरेका छन् । चुनावमा जोशीले २० मत मात्रै पाएका छन् । उपाध्यक्ष पदमा हिरालाल चौधरीले ३७ मत ल्याउँदै २१ मतान्तरले प्रतिद्वन्द्वी खेमराज भट्टलाई पराजित गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित