३ कार्तिक २०८३, मंगलबार

जुरीखेतमा दुर्घटना अपडेटः मृतक ६ जनाको सनाखत

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, ७ असोज । हेटौंडा कुलेखानी सडकखण्डको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा बिहीबार मिनीबस दुर्घटनामा मृत्यु भएका ७ मध्ये ६ जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता रामचन्द्र घिमिरेका अनुसार मृत्यु हुनेमा बाराको जितपुर सिमरा नगरपालिका–२४ का २५ वर्षीय शेख अरमान, मकवानपुरको मकवानपुरगढी–३ का ४३ वर्षीय मदन विश्वकर्मा, वीरगञ्ज महानगरपालिका–३१ का ४५ वर्षीय हृदयनारायण पञ्जियार, भारत बिहारको मोतिहारीका २५ वर्षीय शरदनारायण शर्मा, नुवाकोटका ३४ वर्षीय रघुराज न्यौपाने र बाराको झिटकैया–४ का ३३ वर्षीय अन्जुलाहा मियाँ ठकुराइ रहेका छन् । बाँकी मृतक एकजनाको सनाखत हुन बाँकी छ ।

बिहीबार दिउँसो काठमाडौंबाट हेटौंडा हुँदै विरगञ्ज जान आउँदै गरेको ना ३ ख ७८५८ नंबरको बस जुरीखेतमा दुर्घटना हुँदा घटनास्थलमै ६ जना र उपचारको क्रममा एक जना गरी ७ जनाको मृत्यु भएको थियो ।

No description available.

गम्भीर घाइते चार जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ भने अन्य २१ जना घाइतेको हेटौंडा अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

May be an image of 5 people and indoor