शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

सन नेपाल लाइफ इन्स्योरेन्स छैटौं वर्षमा प्रवेश

दैनिक नेपाल २०७९ असोज ६ गते २२:४३

काठमाडौं, ६ भदौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी स्थापनाको छैटौँ वर्षमा प्रवेश गरेको छ ।

कम्पनीले असोज ६ गते स्थापनाको पाँचौं वर्ष पूरा गरेको अवसरमा सामाजिक सेवा उत्तरदायित्व अनुरूप विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको छ ।

सन नेपालले देशैभरमा रहेका विभिन्न शाखा कार्यालयहरूमार्फत आयोजना गरेको बृहत् रक्तदान कार्यक्रमबाट कुल ५०८ प्रिन्ट रगत सङ्कलन गरेको छ ।

त्यस्तै, विभिन्न अस्पताल र फरक क्षमता भएका बालबालिकाहरूलाई फलफूल तथा न्यानो कपडा वितरण गरेको छ ।

साथै सोही अवसरमा विद्यार्थीसँग बीमाका कुरा कार्यक्रम अन्तर्गत देशका विभिन्न २० भन्दा बढी स्कूल कलेजका १० हजारभन्दा बढी बिद्यार्थीहरूमाझ बीमासम्बन्धी चेतना कार्यक्रम सञ्चालन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित