शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

भूतपूर्व प्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापाको आत्मकथा विमोचन

दैनिक नेपाल २०७९ असोज ६ गते २१:१४

काठमाडौं, ६ असोज । भूतपूर्व प्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापाको आत्मकथा विमोचन भएको छ ।

बिहीबार काठमाडौंमा प्रधानमन्त्री शेर बहादुर देउवा लगाएत भूतपूर्व प्रधानमन्त्रीहरु प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, डा बाबुराम भट्टराईले ‘मेरा ९ दशकः पाँच राजा र पाँचपटक प्रधानमन्त्री’ शीर्षकको पुस्तक विमोचन गरेका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपालको राजनीतिमा स्वर्गीय थापाले खेल्नुभएको भूमिकाको स्मरण गरे । उनले नेपालको राजनीतिक इतिहास बुझ्न उक्त आत्मकथा महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले थापाले पछिल्लो समय हरेक राजनीतिक विषयमा प्रचण्डसँग छलफल गर्नुपर्ने धारणा व्यक्त गर्ने गरेको बताए । उनले पछिल्लो चरणमा उहाँ अभिभावक बनेर प्रस्तुत हुनुभएको स्मरण गरे ।

त्यस्तै पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले नेपालको राजनीतिमा थापाले खेलेको भूमिकाको चर्चा गरे भने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले थापाको आत्मकथाबाट धेरै कुरा सिक्न सकिने बताए ।

त्यस्तै पूर्वप्रधानमन्त्री झलनाथ खनालले राजनीतिप्रति थापाको प्रतिवद्धता सबैले आत्मसाथ गर्नुपर्ने बताएका थिए ।

त्यस्तै सहभागीहरुले भूतपूर्व प्रधानमन्त्री स्वर्गीय थापाको राजनीतिक यात्राका बारेमा चर्चा गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित