३ कार्तिक २०८३, मंगलबार

सिटिजन्स बैंकद्वारा लाभांश प्रस्ताव

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असोज । सिटिजन्स बैंकले सेयरधनीलाई ९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई सो लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकको आज बिहीबार बसेको ४०३औँ सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई ९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै शेयरधनीले पाउने छन् ।

बैंकले गत आव २०७८/७९ को वितरण योग्य मुनाफाबाट गत असार मसान्तको चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार रुपैयाँको ९ प्रतिशतले हुने १ अर्ब २७ करोड ८० लाख ८७ हजार रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो ।