बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

दैनिक नेपालका संस्थापक गैरे र पूर्वकार्यकारी सम्पादक योगीलाई प्रेस काउन्सिल पुरस्कार

दैनिक नेपाल २०७९ असोज ६ गते २०:०३

काठमाडौं, ६ असोज । दैनिक नेपाल डटकमका संस्थापक शारदा गैरे र पूर्वकार्यकारी सम्पादक बिमल योगी प्रेस काउन्सिल नेपालबाट पुरस्कृत भएका छन् ।

संस्थापक गैरे ‘प्रेस काउन्सिल महिला सशक्तिकरण पत्रकारिता पुरस्कार’ र योगी ‘प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार’बाट पुरस्कृत भएका हुन् ।

प्रेस काउन्सिल नेपालको ५३औँ वार्षिकोत्सवका अवसरमा आज बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट पुरस्कार प्रदान गरिएको छ ।

पुरस्कार ग्रहण गर्दै शारदा गैरे

पुरस्कृत गैरे १९ वर्षदेखि पत्रकारितामा सक्रिय छिन् । २०६० सालमा रेडियो लुम्बिनीबाट पत्रकारिता यात्रा सुरू गरेकी उनी इमेज च्यानलमा कार्यरत थिइन् । दैनिक नेपाल डटकमको संस्थापक समेत रहेकी गैरे हाल सह–सम्पादक छिन् ।

पुरस्कार ग्रहण गर्दै बिमल योगी

यसैगरी पूर्व कार्यकारी सम्पादक योगी २० वर्षदेखि पत्रकारितामा क्रियाशील रहँदै आएका छन् । उनले स्टार एफएम र दैनिक नेपाल डटकमलगायत थुप्रै सञ्चारमाध्यमहरूमा काम गरिसकेका छन् । उनी स्थापनाकालदेखि नै दैनिक नेपालको कार्यकारी सम्पादक थिए ।

प्रतिक्रिया
सम्बन्धित