शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

पुनर्जागरण पार्टीका महामन्त्री एमालेमा प्रवेश

दैनिक नेपाल २०७९ असोज ६ गते १८:४२

काठमाडौं, ६ असोज । पुनर्जागरण पार्टीका महामन्त्री रवि किरण हमाल नेकपा एमालेमा प्रवेश गरेका छन् ।

आज बिहीबार एमाले मुख्यालय च्यासलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले महामन्त्री किरणलाई स्वागत गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओली, महासचिव शंकर पोखरेललगाएत नेता उपस्थिति थिए ।

नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्न किरणले पछिल्ला सात वर्ष बिताए पनि चुनाव नजिकिँदै गर्दा एमाले प्रवेश गरेका हुन् ।

पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र विवेकशील साझा पार्टीका संस्थापक नेता अब्दुस मियासँगै महामन्त्री किरणले पार्टी प्रवेश गरेका हुन् ।

‘तेस्रो ध्रुव बनाउन थुप्रै प्रयास गरियो, झन्झन् नेपाली राजनीति दुई ध्रुवमा केन्द्रीकृत भइरहेको महसुस हुन थाल्यो । एउटा ध्रुव समातेर अगाडि जाने विकल्पको रोजाइमा एमाले पर्यो,’ पार्टी प्रवेशपछि संक्षिप्त प्रतिक्रिया दिदै किरणले भने ।

प्रतिक्रिया
सम्बन्धित