बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

सुपर डान्सर नेपालको स्टेजमा स्वस्तिमा खड्काको इन्ट्री

दैनिक नेपाल २०७९ असोज ६ गते १८:३१

काठमाडौं, ६ असोज । रियलमी प्रेजेन्ट्स सुपर डान्सर नेपाल हाल कान्तिपुर टेलिभिजन अनि ओएसआर रियालिटी युट्युबमार्फत प्रशारण भइरहेको छ ।

नेपाली विज्ञापन बजारको चिरपरिचित एवम् सफल संस्था एडी रिलिजको प्रस्तुति अनि निर्माण रहेको सुपर डान्सर नेपालको १२ एपिसोड प्रसारण भइसकेका छन् भने हाल उत्कृष्ठ दश सुपर डान्सरले आफ्नो दमदार नृत्यका विभिन्न कला देखाइरहेका छन् ।

यसैबीच चर्चित अभिनेत्री स्वस्तिमा खड्का आगामी एपिसोडमा देखिदैछिन, आफ्नो अभिनय कौशल अनि नृत्यकलाका कारण चर्चित छिन् । स्वस्तिमाले थुप्रै सिनेमा अनि म्यूजिक भिडियोमा अभिनय गरिसकेकी छिन, प्राय जस्तो उनी अभिनित गीतहरु हिट समेत भएका छन् ।

खड्काले सन् २०१५ को किशोर प्रेम प्रसङ्गयुक्त ‘होस्टेल रिटर्न्स’मा अभिनेत्रीको रूपमा पदार्पण गरेकी थिइन्, जसका लागि उनलाई सर्वश्रेष्ठ सहायक अभिनेत्रीको लागि राष्ट्रिय चलचित्र पुरस्कारका लागि मनोनयन गरिएको थियो । यो प्रारम्भिक सफलता व्यवसायिक रूपमा सफल चलचित्रहरूको शृङ्खलाद्वारा पछ्याइएको थियो । सिनेमामा उनको अभिनयले राम्रै प्रशंशा पनि प्राप्त गरेको थियो ।

रियलमी प्रेजेन्टस सुपर डान्सर नेपालको आउँदो विशेष एपिसोडमा स्वस्तिमाले सुपर दश प्रतिस्पर्धीलाई हौसाउनुका साथै आगामी दिनमा मेहनत अनि राम्रो गर्न शुभकामना पनि दिएकी छन, साथै उनले आफ्नो सुपर हिट गीतमा जोडदार प्रस्तुति समेत दिने छिन् ।

स्वस्तिमाको सहभागिता रहेको उक्त एपिसोड निकै रमाइलो हुनेछ । सिनेमा दुई रुपैयाँको चर्चित गीत कुटुम कुटुको प्रशंगमा समेत रमाइलो हुनेवाला छ । किनकि बिर्कोमा लाको चिनीमा कसरी पस्यो कमिला भन्ने कुरामा उनि अझै अनबीज्ञ नै रहेको कुरा समेत उनले रमाइलो ढंगले सुनाएकी छिन् ।

यो शोको नयाँ शृंखला बिहीबार अनि शुक्रबार राती ९ बजे कान्तिपुर टेलिभिजन अनि ओएसआर रियालिटी युट्युबमा प्रशारण हुने छ ।

प्रतिक्रिया
सम्बन्धित