३ कार्तिक २०८३, मंगलबार

भीमफेदी बस दुर्घटना अपडेट : थप एक जनाको मृत्यु

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, ६ असोज । मकवानपुरको भीमफेदीस्थित जुरीखेतमा यात्रु बहाक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुगेको छ ।

दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो । घाइतेमध्ये एक जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या हालसम्म सात जना पुगेको हो ।

बिहीबार दिउँसो काठमाडौंबाट हेटौंडा आउँदै गरेको ना ३ ख ७८५८ नम्बरको मिनि बस जुरीखेतमा दुर्घटना भएको थियो ।

गम्भीर घाइतेहरूलाई अवस्था अनुसार काठमाडौ र हेटौंडा पठाइएको छ ।