बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

सर्लाहीमा दुई जना पत्रकार कुटिए

दैनिक नेपाल २०७९ असोज ६ गते १७:११

नारायणप्रसाद अधिकारी

काठमाडौं, ६ भदौ । सर्लाहीमा समाचार सङ्कलन गरेर फर्किदै गरेका दुई जना पत्रकारलाई अज्ञात समूहले कुटपीट गरेको छ ।

अनलाइनपाना डटकमका प्रधानसम्पादक नारायणप्रसाद अधिकारी र पत्रकार शालिक भट्टमाथि अज्ञात समूहले कुटपीट गरी घाइते बनाएको नेपाल पत्रकार महासंघ (केन्द्र)ले जानकारी दिएको छ ।

घटनाप्रति नेपाल पत्रकार महासंघले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै निन्दनीय र प्रेसविरोधी हर्कत भएको टिप्पणी गरेको छ ।

असोज ५ गते बुधबार सर्लाहीको बागमती नगरपालिकाबाट समाचार सङ्कलन गरी फर्कने क्रममा पूर्व–पश्चिम राजमार्गमा सवारी छेकेर पत्रकारद्वयमाथि ४–५ जनाको समूहमा आएका व्यक्तिहरूबाट निर्घात कुटपिट भएको बताइएको छ ।

आज बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले भनेको छ, ‘स्वतन्त्रपूर्वक सञ्चारकर्ममा जुटेका पत्रकारमाथि भएको कुटपिटको यो घटना अत्यन्त निन्दनीय र प्रेसविरोधी हर्कत हुन् । महासंघ घटनामा संलग्नलाई तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन र पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित पक्षसँग माग गर्दछ ।’

प्रतिक्रिया
सम्बन्धित