बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

यी चार वटा राजनीतिक दलले गरे निर्वाचन बहिष्कार गर्ने घोषणा

दैनिक नेपाल २०७९ असोज ६ गते १६:०९

काठमाडौं, ६ असोज । विभिन्न चार वटा राजनीतिक दलले आसन्न्न निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका छन् ।

काठमाडौंमा आज बिहीबार पत्रकार सम्मेलन गरेर उनीहरुले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका हुन् ।

निर्वाचन वहिष्कार गर्ने राजनीति दलहरुमा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, नेपाल कम्युनिष्ट पार्टी (बहुमत), नेकपा (मसाल) र माओवादी कम्युनिस्ट पार्टी नेपाल छन् ।

निर्वाचनमा भाग लिनु जनतालाई दुःख र कष्ट दिएको अहिले संसदीय व्यवस्थालाई बढावा दिनुसरह हुने भन्दै उनीहरूले संसदीय निर्वाचन बहिष्कार गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित