३ कार्तिक २०८३, मंगलबार

१०० वर्षीया वृद्धालाई घरमै पुगेर दिइयो कोभिड–१९ विरुद्धको खोप (तस्वीरहरूसहित)

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, ६ असोज । म्याग्दे गाँउपालिकाले आयोजना गरेको घुम्ती शिविरमा १०० वर्षीया एक वृद्धालाई उनको घरमै पुगेर कोभिड–१९ विरुद्धको फाइजर खोप उपलब्ध गराइएको छ ।

शिविरको तेस्रो दिन म्याग्दे–२, को रिषीथुम भैसीखर निवासी १०० वर्षकी धनमाया परियारलाई कोभिड–१९ विरुद्ध दोस्रो मात्राको खोप लगाइएको हो ।

यो सँगै पालिकाको आयोजनामा भएको घुम्ती शिविरमा तेस्रोे दिनसम्म ३८३ जनाले कोभिड–१९ विरुद्ध बयस्क फाइजर खोप लिएका छन् । जस मध्ये ४८ जनाले पहिलो मात्रा, ३३ जनाले दोस्रो मात्रा तथा ३०२ जनाले तेस्रो अर्थात् बुष्टर मात्रा खोप सेवा लिएका छन् ।

यसैगरी शिविरबाट अशक्त भएर चल्न नसक्ने अवस्थामा रहेका रिषीथुम रामथुन डाँडा निवासी वर्ष ६९ का शेरबहादुर श्रेष्ठलाई घरमै गएर कोभिड खोप र स्वास्थ्य सेवा उपलब्ध गराइएको स्वास्थ्य शाखा प्रमुख तिलक पौडेलले जानकारी दिएका छन् ।

एकीकृत घुम्ती शिविरअन्र्तगत कृषि सेवा, पशु सेवा, महिला विकास अन्तर्गत ज्येष्ठ नागरिक र अपाङ्गता परिचयपत्र वितरण, योजना सम्झौता, पञ्जिकरण र स्वास्थ्य सेवातर्फ बहिरङ्ग सेवा जसमा बिरामीहरूको स्वास्थ्य परीक्षण, उपचार तथा औषधि वितरण, प्रयोगशाला सेवा उपलब्ध गराइएको छ ।

जसअन्तर्गत रगतमा ग्लुकोज परीक्षण, महिलाहरूको पाठेघरको मुखमा हुने क्यान्सरको परीक्षण, कोभिड–१९ बिरुद्धको खोप सेवा, आयुर्वेद स्वास्थ्य सेवाहरू दिइएको पालिकाका कार्यकारी अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिएका छन् ।