३ कार्तिक २०८३, मंगलबार

सरकारलाई पूर्व कानूनमन्त्री तामाङको चुनौती: कसैलाई रिझाउनै पर्ने भए अध्यादेश ल्याउँदा हुन्छ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असोज । पूर्व कानूनमन्त्री शेरबहादुर तामाङले नागरिकता विधेयक पारित गराएर कसैलाई रिझाउनैपर्ने भए अध्यादेशमार्फत विधेयक ल्याउन गठबन्धन सरकारलाई चुनौती दिएका छन् ।

दीर्घकालमा देश र जनताको अहित गर्ने प्रावधानमाथि पुनर्विचार गर्नुपर्ने आवाज देशव्यापी उठिरहेको भए पनि सरकारले त्यसको बेवास्ता गर्दा राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेको उनको भनाइ छ ।

नेकपा एमालेका नेता समेत रहेका पूर्वमन्त्री तामाङले भने, ‘राष्ट्रपतिले पुनर्विचार गर्न भनेर पठाइसकेपछि अलिकति पनि तलमाथि गर्न नहुने हो र ? एउटा शब्द पनि चेञ्ज गर्न नहुने गठबन्धन सरकारलाई के त्यस्तो आपत आइलाग्यो ?’ यदि कसैलाई रिझाउन मन भए अध्यादेशमार्फत विधेयक ल्याउन तामाङले चुनौती दिएका हुन् ।

राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेर संविधानको संरक्षण गरेको दाबी उनको छ । सदनबाट पहिलोपटक पारित भएर पठाइएपछि राष्ट्रपतिले संविधानको अधिकार प्रयोग गर्दै सुझावसहित फिर्ता पठाए पनि त्यसमा कुनै संशोधन नगरिएकाले अहिलेको अवस्था आएको उनले बताएका छन् ।

सत्ता गठबन्धनले जे मन लाग्यो त्यही गरेको नतिजा अहिले देखा परेको भन्दै तामाङले राष्ट्रपति भण्डारीको बचाउ गरेका छन् ।

यो पनि पढ्नुहोस्