३ कार्तिक २०८३, मंगलबार

राष्ट्रपति भण्डारीको निर्णय सही छः मेयर बालेन्द्र

4.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असोज । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णय सही रहेको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै मेयर शाहले राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने निर्णय सही रहेको जनाएका हुन् । उनले राष्ट्रपतिको राष्ट्रियताको अडानप्रति निर्णयलाई सदैव नेपाली जनताले सम्मान गरिरहने समेत बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) ले दुई पटक पारित गरेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरिनन् । प्रमाणीकरणको म्याद सकिएपछि सो विधेयक स्वतः निष्क्रिय बनेको छ ।