बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

हाम्रो पहुँचको वली दाङबाट एकल प्रतिनिधित्व

दैनिक नेपाल २०७९ असोज ५ गते ९:१३

दाङ, ५ असोज । हाम्रो पहुँच तेक्वान्दो डोजाङको कोमल वली नवौँ बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनौट भएकी छन् ।

प्रतियोगिताका लागि वलीले दाङबाट एकल प्रतिनिधित्व गर्न लागेकी हुन् । वली प्रतियोगिताका लागि असोज २ र ३ गते बुटवलमा भएको लुम्विनी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगीतामा प्रदेश प्रथम भएकी हुन् ।

आगामी असोज २८ देखि कार्तिक ३ गतेसम्म पोखरामा हुन गइरहेको नवौँ बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि वलीले दाङबाट एकल प्रतिनिधित्व गरेको हाम्रो पहुँच तेक्वान्दो डोजाङ प्रमुख राकेश परियारले जानकारी दिए ।

 

उनले हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा संचालित हाम्रो पहुँच माध्यमिक विद्यालयको हाम्रो पहुँच तेक्वान्दो डोजाङमै प्रशिक्षण लिएकी हुन् । हाम्रो पहुँच विद्यालयले विद्यार्थीलाई शिक्षासंगै खेलकुदका गतिविधि संचालन गर्ने गरेको छ ।

राष्ट्रिय प्रतियोगिताका लागि छनौट हुने वलीलाई विद्यालयले जितको अग्रिम शुभकामना समेत प्रदान गरेको छ । विद्यालयका प्रधानाध्यापक डिआर भण्डारीले नवौँ राष्ट्रिय प्रतियोगिताका लागि छनौट हुने तेक्वान्दो डोजाङको वलीलाई छनौट भएकोमा बधाई ज्ञापन गर्दै राष्ट्रिय प्रतियोगितामा पनि जितको शुभकामना दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित