बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

भारतमाथि अस्ट्रेलियाको ४ विकेटको जित

दैनिक नेपाल २०७९ असोज ५ गते ५:५२
काठमाडौं, ५ असोज । अस्ट्रेलियाले भारतविरुद्धको टी-२० सिरिजविरुद्ध विजयी शुरुवात गरेको छ । मंगलबार भएको सिरिजको पहिलो टी-२० खेलमा अस्ट्रेलियाले भारतलाई ४ विकेटले पराजित गर्दै सिरिजमा विजयी शुरुवात गरेको हो ।
IND vs AUS Highlights And Full Score: Toothless Indian Pace Attack Fails To Defend 208 vs Australia | Cricket News
भारतले दिएको २०९ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले क्यामरुन ग्रीनको ६१, म्याथ्यु वाडेको अविजित ४५ र स्टिभन स्मिथको ३५ रनको मद्धतले १९.२ ओभरमा ६ विकेट गुमाउदै खेल जितेको थियो ।
India vs Australia 1st T20I HIGHLIGHTS: Australia win by 4 wickets
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले हार्दिक पाण्डेको अविजित ७१ र केएल राहुलको ५५ रनको मद्दतले २० ओभरमा ६ विकेट गुमाउदै २०८ रन बनाएको थियो । यो जितपछि अस्ट्रेलियाले ३ खेलको सिरिजमा १-० को अग्रता हासिल गरेको छ । अब सिरिजको दोस्रो खेल २३ सेप्टेम्बरमा नागपुरमा हुने छ ।
प्रतिक्रिया
सम्बन्धित