शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

नेपाली टोली फाइनलमा पराजित भएपछि प्रशिक्षक थापाले दिए राजीनामा

दैनिक नेपाल २०७९ असोज ३ गते २१:०७

काठमाडौं, ३ असोज । साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा पराजित भएपछि नेपाली राष्ट्रिय टिमका प्रशिक्षक कुमार थापाले राजीनामा दिने घोषणा गरेका छन् ।

उपाधि जित्ने लक्ष्य पूरा नभएपछि आफू पद त्याग गर्ने निर्णयमा पुगेको उनले बताए । साफको उपाधि जित्ने लक्ष्य पूरा हुन सकेन। त्यसैले पदमा बसिराख्न औचित्य देखिनँ’ उनले भने ।

दशरथ रंगशालामा भएको छैंटौं संस्करणको साफ महिला फुटबल च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग ३-१ गोलले पराजित भएको थियो ।

यसैबीच च्याम्पियनशीपको उपाधि जिताउन नसकेको राष्ट्रिय महिला फुटबल टीमका प्रमुख प्रशिक्षक कुमार थापा र कप्तान एञ्जिला तुम्बापो सुब्बाले समेत माफी मागेका छन् ।

नेपालले राम्रो खेलेको भए पनि अवसरहरूको सदुपयोग गर्न नसक्दा जित हात पार्न नसकिएको प्रशिक्षक थापाको भनाइ छ । नेपालली टोलीको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताउँदै उनले सबै प्रयास गर्दागर्दै पनि उपाधि जित्न नसक्दा दुःख लागेको बताए ।

त्यस्तै कप्तान तुम्बापोले खेलाडीमा अनुभवको कमी रहेको बताइन् ।

प्रतिक्रिया
सम्बन्धित