शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

नेपाललाई स्तब्ध पार्दै बंगलादेशले जित्यो साफ च्याम्पियनशीपको ऐतिहासिक उपाधि

दैनिक नेपाल २०७९ असोज ३ गते १८:५०

काठमाडौं, ३ असोज । बंगलादेशले पहिलो पटक महिला साफ च्याम्पियनसिपको उपाधि जितेको छ ।

फाइनलमा घरेलु टोली नेपाललाई ३–१ ले पराजित गर्दै बंगलादेशले ऐतिहासिक उपाधि जितेको हो ।

दशरथ रंगशालामा सोमबार घरेलु टोलीलाई स्तब्ध पार्न बंगलादेशकी कृष्णारानी सरकारले २ गोल गरिन ।

सम्सुनाहारले सुरुवाती अग्रता दिलाउँदा नेपालका लागि अनिता बस्नेतको गोल सान्तवना सावित भयो ।

पहिलो हाफमा २-० ले अग्रता लिएको बंगलादेशविरुद्ध नेपालले एक गोल फर्काएपनि गोलरक्षकको कमजोरीको फाइदा उठाउँदै बंगलादेशले पुन: २ गोलको अग्रता लियो ।

थप समयमा गोल हुन नसक्दा बंगलादेशले पहिलो पटक नेपाललाई हराउँदै उपाधि जितेको हो ।

यस हारसँगै नेपाल प्रतियोगितामा दोस्रो भएको छ ।

प्रतिक्रिया
सम्बन्धित