५ कार्तिक २०८३, बिहिबार

टुँडिखेलमा मनाइयो संविधान दिवस (तस्वीरहरु)

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असोज । सरकारले विशेष कार्यक्रमको आयोजना गर्दै आठौं संविधान दिवस मनाएको छ । राजधानी स्थित सैनिक मञ्च टुँडिखेलमा सोमबार बिहान विशेष कार्यक्रम गर्दै सरकारले संविधान दिवस मनाएको हो ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, संवैधानिक निकायका प्रमुखसहित उच्च सरकारी अधिकारीहरु, कुटनीतिक नियोगका प्रतिनिधिहरुको उपस्थिति थियो ।

समारोहमा नेपाली सेनाको हेलिकोप्टरले पुष्पवृष्टि गर्नुका साथै शान्तिको प्रतीक सेतो परेवा उडाइएको थियो ।

विसं २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष आजका दिन संविधान दिवस मनाइँदै आएको छ ।

नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधान सभा मार्फत निर्माण गरेको संविधानको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम सहित आठौं संविधान दिवस मनाइँदैछ । जनताको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सहित समाजवाद स्थापना गर्ने लक्ष्य लिएको यो संविधान हाल कार्यान्वयमा रहेको छ ।

Global Aawaj | नेपालको संविधान-२०७२ का मुख्य विशेषता

नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरी समृद्ध बनाउँदै लगेको छ भने स्थानीय तहमा नै नागरिकलाई सहज र सरलरूपमा सेवा उपलब्ध गराएको छ । सात प्रदेश, ७५३ स्थानीय तह र सङ्घीय सरकारमार्फत नयाँ राजनीतिक प्रणालीसमेत अवलम्बन गरेको छ ।