शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

साफ महिला च्याम्पियनशीपः उपाधि हात पार्ने दाउमा नेपाल

दैनिक नेपाल २०७९ असोज ३ गते ७:३९

Image

काठमाडौं, ३ असोज । जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनशीपमा आज उपाधीको लागि घरेलु मैदानमा नेपाल र बङ्गलादेश भिड्दै छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज साँझ ५ बजेबाट सुरु हुने खेलमा दुबै टोली उपाधि हात पार्ने लक्ष्य सहित मैदानमा उत्रिदै छन् । महिला साफको प्रतियोगिताको १२ वर्ष लामो इतिहासमा पहिलो पटक भारत विनाको फाइनल हुँदैछ ।

भारतसँग अघिल्ला ५ संस्करणका फाइनलमा ४ पटक नेपाल र एक पटक बंगलादेशले प्रतिस्पर्धा गरेको थियो । पाँचै पटक भारत च्याम्पियन बनेको थियो । यसपटक नेपाल र बंगलादेशमध्ये जुन टोली विजयी भए पनि नयाँ च्याम्पियन बन्दैछन् ।

शुक्रबार महिला साफको इतिहासमा भारतलाई १–० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनल प्रवेश थियो । शुक्रबारनै भएको पहिलो सेमिफाइनल खेलमा भुटानलाई ८–० गोल अन्तरले पराजित गर्दै बङ्गलादेश फाइनल पुगेको थियो ।

प्रतिक्रिया
सम्बन्धित