काठमाडौं, २ असोज । छैटौं संस्करणको महिला साफ च्याम्पियनशीप फुटबलको फाइनल खेल भोलि सोमबार साँझ ५ बजे काठमाडौंको दशरथ रंगशालामा हुँदैछ ।
उपाधिका लागि घरेलु टोली नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । साफ च्याम्पियनशीपमा नेपाल र बंगलादेशबीच पहिलो पटक फाइनल खेल हुन लागेको हो ।
प्रतियोगिताको १२ वर्ष लामो इतिहासमा पहिलो पटक भारत विनाको फाइनल हुँदैछ । भारतसँग अघिल्ला ५ संस्करणका फाइनलमा ४ पटक नेपाल र एक पटक बंगलादेशले प्रतिस्पर्धा गरेको थियो ।
पाँचै पटक भारत च्याम्पियन बनेको थियो । यसपटक नेपाल र बंगलादेशमध्ये जुन टोली विजयी भए पनि नयाँ च्याम्पियन बन्दैछन् ।
त्यसो त जारी च्याम्पियनशीपमा नेपाल र बंगलादेश दुबै टोली अपराजित छन् । नेपाल र बंगलादेश दुवै टोली पहिलो पटक भारतलाई हराउन सफल भएका छन् उपाधि समेत जित्ने दाउमा छन् ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस