१ कार्तिक २०८३, आइतबार

साफ महिला च्याम्पियनशीपको फाइनल खेल भोलि हुँदै, उपाधि जित्ने दाउन नेपाल

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असोज । छैटौं संस्करणको महिला साफ च्याम्पियनशीप फुटबलको फाइनल खेल भोलि सोमबार साँझ ५ बजे काठमाडौंको दशरथ रंगशालामा हुँदैछ ।

उपाधिका लागि घरेलु टोली नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । साफ च्याम्पियनशीपमा नेपाल र बंगलादेशबीच पहिलो पटक फाइनल खेल हुन लागेको हो ।

प्रतियोगिताको १२ वर्ष लामो इतिहासमा पहिलो पटक भारत विनाको फाइनल हुँदैछ । भारतसँग अघिल्ला ५ संस्करणका फाइनलमा ४ पटक नेपाल र एक पटक बंगलादेशले प्रतिस्पर्धा गरेको थियो ।

पाँचै पटक भारत च्याम्पियन बनेको थियो । यसपटक नेपाल र बंगलादेशमध्ये जुन टोली विजयी भए पनि नयाँ च्याम्पियन बन्दैछन् ।

त्यसो त जारी च्याम्पियनशीपमा नेपाल र बंगलादेश दुबै टोली अपराजित छन् । नेपाल र बंगलादेश दुवै टोली पहिलो पटक भारतलाई हराउन सफल भएका छन् उपाधि समेत जित्ने दाउमा छन् ।