शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

महिला साफ च्याम्पियनशीप : पहिलो हाफमा भारतविरुद्ध नेपाललाई अग्रता

दैनिक नेपाल २०७९ भदौ ३१ गते १८:३५

काठमाडौं, ३१ भदौ । महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलअन्तर्गत अहिले भारत र नेपालले प्रतिस्पर्धा गरिरहेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र भारतबीचको खेल पहिलो हाफमा नेपालले १–० गोलको अग्रता लिएको छ ।

नेपालका लागि पहिलो हाफमा रश्मि कुमारी घिसिङले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् ।

अहिले दोस्रो हाफको खेल शुरु भइसकेको छ । दोस्रो हाफमा भने भारतले नेपालमाथि तीव्र दबाब सृजना गर्ने मनस्थितिमा मैदान उत्रिएको देख्न सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित