४ कार्तिक २०८३, बुधबार

नयाँ बानेश्वरबाट अनलाईन ठगीमा संलग्न व्यक्ति पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ भदौ । सामाजिक सञ्जाल फेसबुकमा टि मोबाइल स्टोर पेज खोली उक्त पेजको दुरुपयोग गरी अनलाई ठगी गर्ने कार्याम संलग्न रहेको अभियोगमा सुनसरी इटहरी उपमहानगरपालिका-११ खनार बस्ने २३ वर्षीय प्रसिन चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

चौधरीले उक्त पेजको दुरुपयोग गरी आईफोन १३ प्रो मोबाईल सेट सस्तो मूल्य १ लाख १५ हजार रुपैयाँ पर्छ भनी पीडितलाई भन्सार ट्याक्स, डेलिभरी चार्ज बापत बिभिन्न ब्यक्तिहरुको ईसेवा आईडी तथा बैंक खातामा रकम पठाउन लगाई ठगी गरेको घटनाको थप अनुसन्धानका लागि खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३१ नयाँ बानेश्वरमा फेला पारी पक्राउ गरेको हो ।

उनलाई ठगी कसूरमा आवश्यक कारवाही एवं अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाईएको छ ।