बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

नेपाल टी २० लिगको पहिलो संस्करण सर्‍यो

दैनिक नेपाल २०७९ भदौ ३० गते ७:५३

काठमाडौं, ३० भदौ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल टी २० लिगको पहिलो संस्करण सरेको छ ।

यसअघि असोज आठ गतेदेखि कार्तिक पाँच गतेसम्म हुने भनिए पनि क्यानले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिता निर्धारित मितिमा नहुने जनाएको हो । गृह मन्त्रालयले मंसिर चार गते हुने प्रदेश र केन्द्रको निर्वाचनाका विभिन्न कार्यक्रम हुने भएकाले त्यस समय खेलाडीहरु बसोबास गर्ने होटलमा आवश्यक सुरक्षा दिन कठिन हुने भन्दै निर्वाचनपछि प्रतियोगिता गर्न आग्रह गरेपछि नेपाल टी २० सारेको क्यानले जनाएको छ ।

क्यानले प्रतियोगितामा विदेशी खेलाडी आउने भएकाले उनीहरुको सुरक्षा महत्वपूर्ण रहेको गृह मन्त्रालयको आग्रह स्वीकार गर्दै प्रतियोगिता सार्ने निर्णय गरेको जनाएको छ । प्रतियोगिता सरेसँगै डिसेम्बर ११ देखि ३१ सम्म नयाँ मिति प्रस्ताव पनि गरिएको छ । नेपाल टी २० को पहिलो संस्करणमा पोखरा एभेन्जर्स, विराटनगर किंग्स्, जनकपुर रोयल्स, लुम्बिनी अल स्टार्स र काठमाडौं गोर्खाज गरी ६ टिम सहभागी छन् ।

प्रतिक्रिया
सम्बन्धित