शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

साफ यू–१७ को उपाधि भारतलाई

दैनिक नेपाल २०७९ भदौ ३० गते ५:४०

Image

काठमाडौं, ३० भदौ । श्रीलंकामा सम्पन्न साफ यू–१७ फुटबल च्याम्पियनसीपको उपाधि भारतले हात पारेको छ ।

गएराति कोलम्बोको रेस कोर्स ग्राउण्डमा सम्पन्न फाइनल खेलमा नेपाललाई ४–० ले पराजित गर्दै भारतले उपाधि हात पारेको हो ।  भारतको जितमा बोबी सिंह, भान्लाल्पेका गुइटे, कोरोउ सिंह र अमनले एक एक गोल गरे । .

समूह चरणको खेलमा भने नेपालले भारतलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो । सेमिफाइनलमा आयोजक श्रीलंकालाई ६–० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको थियो भने भारतले बंगलादेशलाई २–१ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित