४ कार्तिक २०८३, बुधबार

मेरो इमान्दारिता र नियत माथि शंका नगर्नुस्ः कमल थापा

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ भदौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो इमान्दारिता र नियत माथि शंका नगर्न अनुरोध गरेका छन् ।

सामाजिक संजाल ट्वीटरमा एक भिडयो क्लिपसंगै ट्वीट गर्दै थापाले आफ्नो ईमान्दारिता र नियत माथि शंका नगर्न अनुरोध गरेका हुन् । उनले विगतमा केही गल्ती भएका बताउँदै सबैको सहयोग र सद्भावको अपेक्षा गरेको समेत बताएका छन् ।

No description available.

थापाले भनेका छन्ः

सबैको सहयोग र सद्भावको अपेक्षा गर्दछु मेरो इमान्दारिता र नियत माथि शंका नगर्नुस् । राष्ट्रभक्ति र जनताको सर्वोच्चता प्रतिको मेरो निष्ठा अविचलित छ । यहि कारण हरेक कठिन घडि पार गर्दै अघि बढेको छु । विगतमा केही गल्ती भएका छन्।त्यस प्रति आत्मालोचना गरेको छु।

थापाले भिडियोमा प्रतिकुल अवस्थामा पार्टीका ठूला नेताहरुलाई विचारले पछि पारेर अघि बढेको तत्कालिन राप्रपा देशको चौथो शक्तीको रुपमा स्थापित भएको स्मरण गरेका छन् । थापाले अहिले आफुहरु जनभावनालाई सम्मान गरेर लोकतान्त्रिक बाटोमा हिँडिरहेको बताउँदै आउने निर्वाचनमा पार्टीलाई राष्ट्रिय पार्टी बनाउन सकिएमा अर्को ५ वर्षपछि आउने निर्वाचनमा राप्रपा नेपाल देशको प्रमुख र अग्रणी शक्तिको रुपमा स्थापित हुने दाबी गरेका छन् ।