४ कार्तिक २०८३, बुधबार

लागूऔषधसहित दम्पती पक्राउ

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

May be an image of 4 people, people sitting, people standing and indoor

मकवानपुर, २८ भदौ । मकवानपुर प्रहरीले लागूऔषध खैरो हिरोइनसहित एक दम्पतीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको पश्चिमी चम्पारण बेतिया किलाग्राम घर बताउने २५ वर्षीय समिर सिद्धिकी र उनको श्रीमती २३ वर्षीया रिजु कुमारी दास रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

सोमबार विशेष सूचनाको आधारमा हेटौंडा-१० डेरामा बस्दै आएका उनिहरुलाई ८ ग्राम २४० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।