
काठमाडौं, २८ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चिनियाँ जनकांग्रेसका अध्यक्ष ली चान्सुबीच भेटवार्ता भएको छ ।
नयाँ बानेश्वरस्थित संसद भवनमा मंगलबार बिहान भेटवार्ता भएको हो। भेटमा एमालेका सुवासचन्द्र नेम्बाङ, अष्टलक्ष्मी शाक्य, राजन भट्टराई, विष्णु रिमाललगायत नेताहरु पनि सहभागी थिए । भेटवार्तामा द्विपक्षीय हित र आपसी चासोका बारेमा छलफल भएको जनाइएको छ ।















प्रतिक्रिया