४ कार्तिक २०८३, बुधबार

प्रहरीद्वारा घरेलु मदिराका भट्टी नष्ट

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

No description available.

बारा, २८ भदौ । बारा प्रहरीले ठूलो परिणाममा घरेलु मदिरा उत्पादन गर्ने भट्टी नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराले महागढीमाई नगरपालिका वडा नंबर ३ र १० गंजभवानीपुर टोलमा रहेको ५ वटा घरेलु मदिरा उत्पादन गर्ने भट्टी नष्ट गरेको हो।

No description available.

बारा प्रहरीका अनुसार सोमबार भट्टी नष्ट गर्ने क्रममा अवैध घरेलु मदिरा बनाउन प्रयोग गरिने ४० हजार लिटर कच्चा पदार्थ नष्ट गरिनुको साथै मदिरा उत्पादन गर्न प्रयोग गरिने मेसिन, भडाकुडा नियन्त्रणमा लिइएको छ ।

यसअघि आइतबार पनि बारा प्रहरीले फेटा गाउँपालिका-१, प्रसौनी-१ र ३ को टोलमा ५ वटा मदिरा भट्टी नष्ट गर्नुको साथै मदिरा उत्पादन गरिने १० हजार लिटर कच्चा पदार्थ नष्ट गरेको थियो ।

No description available.