शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

यू-१७ को उपाधिको लागि नेपाल र भारत भिड्ने

दैनिक नेपाल २०७९ भदौ २८ गते ७:५०

काठमाडौं, २८ भदौ । श्रीलंकामा जारी साफ यू-१७ फुटबल च्याम्पियनसीप उपाधिको लागि नेपाल र भारत भिड्ने भएका छन् ।

सोमबार राति सम्पन्न सेमिफाइनलमा आयोजक श्रीलंकालाई ६-० गोल अन्तरले पराजित गर्दै नेपाल प्रतियोगिताको फाइनलमा पुगेको हो । नेपालको जितमा प्रशान्त लक्ष्यमको, हरिस भट्ट, सुवास बम, निरोज कार्की, उमेश बुढाथोकी र सिजल राईले गोल गरेका थिए ।

नेपालले अब उपाधिका लागि बुधबार भारतको सामना गर्नेछ । सोमबारनै भएको सेमिफाइनल खेलमा भारतले बंगलादेशलाई २–१ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित