
हेटौंडा, २७ भदौ । माधव कुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बाट ४ मंसिरमा हुने प्रतिनिधि सभा सदस्यको लागि मकवानपुर क्षेत्र नंबर १ को लागि सिफारिस भएका विशभ अधिकारीले पार्टी छाडेका छन् ।
सोमबार एक विज्ञप्ती जारी गर्दै अधिकारीले साधरण सदस्य समेत नरहने गरी राजीनामा दिएका हुन् । उनले सत्तारुढ नेकपा एससहित गठबन्धनमा आबद्ध दलले राष्ट्रहित विपरित नागरिकता विधयक ल्याउँदा र वैदेशिक हस्तक्षेप बढ्दा पार्टीले त्यसलाई रोक्न कुनै भूमिका नखेलेको भन्दै पार्टीबाट राजीनामा दिएको बताएका छन् ।

विशभ गत स्थानीय तहको निर्वाचन अघि आफ्नो बुवा मधु अधिकारीसंगै राप्रपाबाट नेकपा एस प्रवेश गरेका थिए । विशभ तत्कालिन राप्रपा मकवानपुरका प्रवक्ता समेत रहेका थिए ।















प्रतिक्रिया