४ कार्तिक २०८३, बुधबार

राप्रपा नेपालको मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा स्थगित

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ भदौ । राप्रपा नेपालले घोषणा गरेको मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा स्थगित गरेको छ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा आइतबार पार्टी केन्द्रीय कार्यालय विशालनगरमा सम्पन्न सचिवालयको बैठकले भाद्र २९ गतेदेखि गर्ने भनिएको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राको निर्वाचन आचारसंहितालाई दृष्टिगत गर्दै स्वरुप परिवर्तन गर्दै स्वाभिमान यात्राको सट्टा विभिन्न जिल्लाहरुमा चुनावी सभाहरु आयोजना गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख सुरेश आचार्यले जानकारी दिएका छन् ।

यसैगरी, बैठकले पर्साको वीरगञ्जमा तय गरिएको पार्टीको राष्ट्रिय भेला आगामी असोजको पहिलो हप्ता मकवानपुरको हेटौंडामा गर्ने निर्णय गरेको आचार्यले बताए ।

No photo description available.